रुख र चारतारे झण्डा नछाड्ने देउवा पक्षको अडान, विराटनगरमा प्रदेश अधिवेशनको तयारी

<span class='c1'>रुख र चारतारे झण्डा नछाड्ने देउवा</span> <span class='c2'>पक्षको अडान, विराटनगरमा प्रदेश अधिवेशनको तयारी</span>

विराटनगर । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता र चुनाव चिह्नलाई लिएर विवाद चर्किरहेका बेला देउवा पक्षले कोशी प्रदेशमा आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको रुख चुनाव चिह्न र चारतारे झण्डामाथि आफ्नो दाबी कायम राख्दै देउवा पक्षले मंसिर १७ र १८ गते विराटनगरमा दोस्रो प्रदेश अधिवेशन आयोजना गर्ने भएको छ । पार्टीको आधिकारिकता विवादका कारण चारतारे झण्डा र रुख चुनाव चिह्नको प्रयोगमा प्रश्न उठिरहेका बेला कोशी प्रदेश महामन्त्री भूपेन्द्र राईले भने आफूहरूले झण्डा र चुनाव चिह्न नछाड्ने स्पष्ट पारेका छन्। ।

शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री राईले आफूहरू रुख चुनाव चिह्नबाटै निर्वाचित जनप्रतिनिधि भएकाले कसैले भन्दैमा चिह्न र झण्डा छाड्न नसकिने बताए।

‘राणा र पञ्चायतको कठिन समयमा समेत कार्यकर्ताले नछाडेको झण्डा र चिह्न अहिले कसैले भन्दैमा छाडिँदैन,’ उनले भने। पार्टीभित्र देखिएको विवादको निरुपण संविधान, कानुन र पार्टी विधानअनुसार अदालतबाटै हुने उनको विश्वास छ।

देउवासहित शीर्ष नेताहरू विराटनगर आउने

मंसिर १७ र १८ गते विराटनगरमा हुने दोस्रो प्रदेश अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ। अधिवेशनमा १५औँ महाधिवेशन तयारी समिति संयोजक डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू सहभागी हुने महामन्त्री राईले जानकारी दिए।

अधिवेशनमा हालसम्म २३ सयभन्दा बढी प्रतिनिधि निश्चित भइसकेका छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा गाउँपालिका सभापतिहरू स्वतः प्रतिनिधि हुने व्यवस्थाका कारण प्रतिनिधिको संख्या २५ सयभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास

अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयनका लागि सकेसम्म सर्वसम्मतिको प्रयास गरिने र सहमति हुन नसके मंसिर १८ गते निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने राईले बताए। प्रदेश महामन्त्री राई भने आफू प्रदेश नेतृत्वको प्रतिस्पर्धामा सहभागी नहुने भएका छन्।

कोशी प्रदेशका १४ जिल्लामध्ये १३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी पाँचथरमा मंसिर १४ गते अधिवेशन हुने कार्यक्रम छ । मोरङ जिल्लाको नेतृत्व चयन भने प्रदेश अधिवेशन सम्पन्न भएपछि मात्रै विधिसम्मत रूपमा टुंग्याइने महामन्त्री राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्