रंगेलीमा अवैध चौपाया बरामद

<span class='c1'>रंगेलीमा अवैध</span> <span class='c2'>चौपाया बरामद</span>

भन्सार छलि गरी चोरी पैठारी बढेसँगै विभिन्न सीमा नाकामा इलाका प्रहरी कार्यालय रंगेली मातहतको टोलीले कडाइ गरेको छ । अवैध रुपमा हुने भन्सार छली, चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप प्रहरीले गस्तीलाई तिब्रता दिएको हो । गस्तीलाई तीब्रता दिएसँगै सीमा प्रहरी चौकी पोखरीया र प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले १ थान गाई, ३ बाच्छा र ८ थान गोरू पक्राउ गरेको छ । बरामद गरिएका चौपायाको अन्दाजी मूल्य रु १ लाख पचास हजार बराबरको रहेको छ । नेपालबाट भारततर्फ लैजाउने क्रममा पक्राउ तथा बरामद गरिएको उत्त चौपायालाई आजै भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीव बाबु खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्