जड्याहालाइ जाेगाउँदा प्रहरी जवानकाे मृत्यु

<span class='c1'>जड्याहालाइ जाेगाउँदा प्रहरी</span> <span class='c2'>जवानकाे मृत्यु</span>

झापाको मेचिनगर नगरपलिका-६ स्थित कालिखोलामा शुक्रबार कारको ठक्करबाट घाइते भएका एक प्ररही जवानको उपचारको क्रममा ज्यान गएको छ।
शुक्रबार राती १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८४५६ नम्बरको कारले इलाका प्रहरी कार्यालय अनारमनी दरवन्दि भई हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी जवान अशोक खवासलाई मादक पदार्थ सेवन गरेर विच सडकमा सुतीरहेको एक अपरिचित व्यक्तिलाई उठाउने क्रममा ठक्कर दिएको थियो।
ठक्करबाट गम्भिर घाइते भएका अशोकको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा सोमबार साँझ ५ बजे मृत्यु भएको हो।
ठक्कर दिने कारका चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्