इटहरीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, ७ घाईते

<span class='c1'>इटहरीमा जन्ती बोकेको ट्याक्टर</span> <span class='c2'>दुर्घटना, ७ घाईते</span>

सुनसरीको ईटहरी उप-महानगरपालिका १४ एकाम्बा स्थित जन्ती लिएर जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।
सुनसरी मोरङ सिंचाई आयोजना अन्तर्गत भित्री सडक खण्डमा उब्दीबाट एकम्बा जाँदै गरेको को १ त ५८४६ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा परी ट्याक्टरमा सवार १३ जना मध्ये ७ जना घाईते भएका छन्। घाईते उनीहरुलाई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
ट्याक्टरका चालक सुनसरी रामधुनी नगरपालिका २ बस्ने विषम ऋषिदेव तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्