रंगेलीमा मोटरसाईकल दुर्घटना, म्यादी प्रहरी घाईते

<span class='c1'>रंगेलीमा मोटरसाईकल दुर्घटना,</span> <span class='c2'>म्यादी प्रहरी घाईते</span>

मोरङको रंगेली नगरपालिका ३ स्थित आमतोलामा शुक्रबार राती मोटरसाईकल सुर्घटनामा परी एक जना म्यादी प्रहरी घाईते भएका छन् । बिराटनगर रंगेली सडक खण्ड अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २० प ३८२० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
डिउटी सकेर घरतर्फ जाने क्रममा सोही नगरपालिका रंजनी घर भई हाल अस्थायी प्रहरी चौकी बेतौनामा कार्यरत म्यादी प्रहरी उमेश काफ्ले घाईते भएका हुन् । घाईते काफ्लेलाई उपचारकालागी न्यूरो अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्