धनकुटामा जन्ती बोकेको बोलेरो दुर्घटना ५ घाईते

<span class='c1'>धनकुटामा जन्ती बोकेको बोलेरो</span> <span class='c2'>दुर्घटना ५ घाईते</span>

कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका ९ स्थित रुद्रबारीमा शनिबार बिहान जन्ती बोकेको बोलेरो गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन्।
तेह्रथुमबाट जन्ती लिएर दमक आउँदै गरेको को १ ज २७९१ नम्बरको बोलेरो गाडी ब्रेकफेल भई सडकमा पल्टिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गाडीमा सवार म्याङलुङ १० प्रकाश न्यौपाने (मुलघाटस्थित स्थानीय मेडिकलमा उपचार हुँदै), सोही ठाँउका छत्र रिमाल, चुँडामणी रेग्मी(सामान्य) त्यस्तै नन्दलाल खत्री र संतोष बस्नेत घाईते भई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ।
गाडी र चालकलाई प्रहरी चौकी मुलघाटको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्