सिरहाको धनगढीमाई नगरपालिका-२ स्थित भवानिपुरमा शनिबार दिउँसो पानीमा डुबेर एक बालकको ज्यान गएको छ।
सोही नगरपालिका बस्ने मोहमद रहमानको ३ बर्षिय छोरा मोहमद अमिरको खेल्ने क्रममा कलको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धनगढीबाट टोली खटि गई कानूनी प्रकृया पुरा गरीसकेको उक्त कार्यालयले जनाएको छ ।