साबिककाे टंकिसिनवारी गाविस हालकाे बुढीगंगा गाउँपालिका २ स्थित कोशी राजमार्गमा शनिबार अज्ञात मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएका छन्।
बिराटनगरबाट दुहबीतर्फ जाँदै गरेको तत्काल नम्बर खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट सोही गाउँपालिका बस्ने ३५ बर्षिय प्रल्हाद राजवंशी घाईते भएका हुन्।
घाईतेको बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेको छ भने फरार मोटरसाईकलको खोजी भईरहेको इलाका प्रहरी कारयालय निमुवाले जनाएको छ।