पाकिस्तानमा सडक दुर्घटनामा ११ को मृत्यु

<span class='c1'>पाकिस्तानमा सडक दुर्घटनामा</span> <span class='c2'>११ को मृत्यु</span>

इस्लामाबाद । पाकिस्तानको उत्तरी प्रान्त पन्जावमा बुधबार विहान भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् ।

पन्जाबको लायाह जिल्लामा यात्रुबहाक बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र उद्वारकर्ताको टोली घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मध्ये केहीलाई छिमेकी जिल्ला मुल्तानको ठूलो अस्पतालमा भर्ना गरिएको छ । अस्पताल प्रशासनले १४ जना घाइतेको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार एकले अर्कोलाई उछिन्न खोज्दा दुर्घटना भएको थियो । बसमा ५० जना यात्रु रहेका थिए । रासस÷सिन्ह्वा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्