इटहरीमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न बसेकालाई लाठीचार्ज, तीन घाइते

<span class='c1'>इटहरीमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न</span> <span class='c2'>बसेकालाई लाठीचार्ज,  तीन घाइते</span>

कार्तिक १२, २०७४-यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् ।

मध्यरात देखी नै सर्वसाधरणको लाइन यातायात कार्यालयमा लागेको थियो । बरगाछीदेखी लागेको सेवाग्राहीको लाइन तीन किलोमिटर दक्षिण आर्मी क्याम्पसम्म आइपुगेपछि व्यावस्थापन गर्न समस्या भएको थियो ।

नौं महिना पछि मोटरसाइकलको चालक अनुमपति पत्रको लागि आज फारम खुलेको हो ।

एकै पटक दशौं हजारले चालक अनुमति पत्रको फारम भर्नका लागि कुपन लिन जम्मा भएपछि प्रहरी, ट्राफिक प्रहरी र यातायात कार्यालयलाई भिड नियन्त्रण गर्न र चालक अनुमपति पत्रको लागि कुपन वितरण गर्न समस्या भएको हो ।

मध्यरातबाट नै लाइन सुरु भएपछि त्यसलाई व्यवास्थित बनाउन प्रहरी र ट्राफिकले तत्काल कार्य नथाल्दा समस्या भएको लाइन बस्नेहरु बताउँछन् । राति १ बजे देखी लाइनमा बसेर पनि कुपन नपाएका विराटनगरका प्रेम कार्कीले बताए । यातायात व्यवास्था कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरीले लाइनलाई राम्रो ब्यवास्थापन गर्न नसक्दा समस्या भएको कार्कीले बताए ।

यातायात कार्यालयका प्रमुख श्यामकुमार सिंह पहिले फारम वितरण गर्दा र लिदा निकै भिड भएकाले अहिले कुपन पद्धतीबाट भिड कम गर्न खोजीएपनि भिड उत्ति नै भएकाले व्यवास्थापनमा कठिनाइ भएको बताए । यो पटक डिजिटल फारम भर्ने प्रणाली आएकाले पहिले कुपन वितरण गरेर कुपनमा भएको मितिमा सेवाग्राहीको डिजिटल सिस्टमबाट सोझै कम्प्यूटरमा फारम भरिन्छ । त्यसपछि मात्र उनीहरुलाई दिइएको मितिमा लिखित र प्रयोगात्मक परिक्षा संचालन हुन्छ । कुपन लिन एकै दिन भिड लागेकाले ब्यावस्थापन गर्न केही कठिनाइ भएपनि भोलीदेखी समस्या नहुने उनले बताए

-कान्तिपुर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्