धनकुटामा पहिलो पटक प्रसुति लगायत पाँच प्रकारका विरामीका लागि नर्मल सर्जरी सेवा

<span class='c1'>धनकुटामा पहिलो पटक प्रसुति लगायत पाँच</span> <span class='c2'>प्रकारका विरामीका लागि नर्मल सर्जरी सेवा</span>

जिल्ला अस्पताल धनकुटामा पहिलो पटक प्रसुति लगायत पाँच प्रकारका विरामीकालागि नर्मल सर्जरी सेवा उपलब्ध गराउन सुरु गरिएको छ ।
बिशेषज्ञ चिकित्सक, आवश्यक सहयोगी मेडिकल टिम, औषधि, उपकरण तथा पूर्वाधार अभावमा यसअघि धनकुटामा नियमित शल्यकृया सेवा संचालनमा आउन सकेको थिएन । बरिष्ठ मेडिकल सुपरिटेण्डेन फडिन्द्र बराल नेतृत्वको टोलीले धनकुटाको छथर जोरपाटी गाउँपालिकाकी एक महिलाको शल्यकृया मार्फत सफल प्रसुति गराए पछि अन्य सर्जरी सेवाका बारेमा जानकारी गराइएको हो । आकस्मिक प्रसुति लगायत एपेण्डीसाइटिस्, हर्निया, हाइड्रोसिल, मासुमा एंजेरु पलाउने तथा शरिरका गाँठागुँठीको शल्यृकया मार्फत जिल्लामै उपचार संभव रहेको जिल्ला अस्पताल धनकुटाका प्रमुख फडिन्द्र बरालले दाबी गर्नुभयो । शल्यकृयासँगै जनशक्ति अभावमा लामो समयदेखि बन्द रहेको एक्स रे सेवा पनि संचालनमा ल्याइएको छ ।
धनकुटामै शल्यकृया सेवा सूचारु भएपछि टाढाका अस्पताल धाउन बाध्य धनकुटालगायत पूर्वी पहाडी जिल्लाका बासिन्दाले केही राहत महशुस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्