उदयपुर, कार्तिक १५,
उदयपुरको चौदण्ढीगढी नगरपालिका-५ मा मंगलबार जंगली च्याउ खाएर एकै परिवारका ५ जना बिरामी परेका छन्।
६० बर्षिय भोला सदा, उनकै श्रीमती ५५ बर्षिया पारुदेबी सदा, छोरा २० बर्षिय सुन्दर सदा, १२ बर्षिय चन्दर सदा र छोरी १८ बर्षिय निर्मला सदा अपरान्ह ४ बजेतिर जंगली च्याउ खाई बिरामी परेका हुन्।
उनीहरुको सगरमाथा अंञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ।