प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा महिला उम्मेदवार ६ जना

<span class='c1'>प्रतिनिधि सभा र प्रदेश सभाका लागि</span> <span class='c2'>झापामा महिला उम्मेदवार ६ जना</span>

भद्रपुर, रासस । अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् । प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार रहेका छन् । प्रतिनिधि सभातर्फ सात तथा प्रदेश सभातर्फ छजना स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा जुटेका छन् ।

प्रतिनिधि सभातर्फ क्षेत्र नं २ मा नेकपा एमालेकी पवित्रा निरौला खरेल र क्षेत्र नं ३ मा नेपाल जनता पार्टीका सुजाता ओली उम्मेदवार छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ ‘ख’ मा राष्ट्रिय जनता पार्टीका रमा मेचे, क्षेत्र नं २ ‘क’ मा राष्ट्रिय जनता पार्टीका निर्मला एक्तेन, क्षेत्र नं ३ ‘ख’ मा मंगोल नेशनल अर्गनाइजेशनका सत्यकला नेम्वाङ तथा क्षेत्र नं ५ ‘क’ मा स्वतन्त्र उम्मेदवार जम्मावती तिमल्सिना उम्मेदवार रहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार प्रनिनिधि सभातर्फ क्षेत्र नं ३ मा वीरेन्द्र सापकोटा, क्षेत्र नं ४ मा एज्ञबहादुर खड्का, डिल्लीप्रसाद कँट्टेल र पर्शुराम काफ्ले तथा क्षेत्र नं ५ मा इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारी रहेका छन् ।

प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार क्षेत्र नं ४ ‘ख’ मा दिनानाथ सापकोटा र धनकुमार बुढाथोकी, क्षेत्र नं ५ ‘क’ मा हरिप्रसाद अधिकारी, जम्मावती तिमल्सिना र खड्गप्रसाद शिवाकोटी तथा ‘ख’ मा डम्बरबहादुर गुरुङ रहेका प्रमुख निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए ।
प्रनिनिधि सभातर्फ क्षेत्र नं १ मा सात जना, २ मा ११ जना, ३ मा १२ जना, ४ मा १३ जना तथा क्षेत्र नं ५ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ को क र ख मा आठ÷आठजना, क्षेत्र नं ३ को क र ख मा सात सातजना, क्षेत्र नं ४ को ‘क’ मा छ जना र ‘ख’ मा ११ जना तथा क्षेत्र नं ५ को ‘क’ मा १२ तथा ‘ख’ मा नौजना उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्