धरानमा निःशुल्क मधुमेह जाच शिविरको आयोजना

<span class='c1'>धरानमा निःशुल्क मधुमेह</span> <span class='c2'>जाच शिविरको आयोजना</span>

धरान ,२८ कार्तिक । सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब ओफ धरान घोपाले रोटरी क्लब ओफ धरान घोपा , लायन्स क्लब अफ धरान विजयपुर , लायन्स क्लब अफ धरान बुढासुब्बासंग संयुक्त रुपमा विश्व मधुमेह दिवस २०१७ को अवसरमा निःशुल्क मधुमेह जाच शिविरको आयोजना गरेको छ । पुरानो अस्पताल परिसर , छाता चोकमा बिहान सात बजे देखि आठ बजेसम्म सो निःशुल्क बृहत शिविरको आयोजना गरिएको थियो । शिविरमा १०३ जनाले निःशुल्क ब्लड सुगर परीक्षण तथा निःशुल्क परामर्श प्राप्त गरेको आयोजक रोटर्याक्ट क्लब ओफ धरान घोपाले जनाएको छ । शिविरमा ३ जना चिकित्सक तथा ३० जना स्वयंसेवकहरुको टिमले सेवा प्रदान गरेको थियो । शिविरमा उच्च ब्लड सुगरका बिरामी बढी देखापरेका छन्। उच्च ब्लड सुगर भएकामध्ये अधिकांशमा उच्च रक्तचाप , धुम्रपान र मोटोपना देखिएको रोटर्याक्ट क्लब ओफ धरान घोपाले जनाएको छ ।

रगतमा अत्याधिक सुगर मात्रा भएका व्यक्तिहरुलाई थप परिक्षणकालागि बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमामा रिफर गरिएको छ । उमेर ढल्कदै गर्दा वा मोटोपन बढ्दै गर्दा चिनि रोगले सताउने र विशेषगरी खानपीनमा ध्यान नदिने र शारीरिक व्यायमको अभ्यास नभएकै कारण अधिकांश व्यक्तिलाई व्यसक उमेरदेखि नै चिनीरोगले सताउने जानकारी सो क्लबका जनसम्पर्क अधिकृत रोटर्याक्टर शुभम कुमार अग्रवालले दिए । बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा एम. बि. बि. एस. तेस्रो वर्षमा अध्ययनरत रोटर्याक्टर शुभम कुमार अग्रवाललेले भने , ‘रगतमा हुने चिनिको मात्राले मानव शरीरमा हुने मृगौला ( किड्नी ) सँग प्रत्यक्ष सरोकार राख्दछ। अधिकांश चिनि रोगका बिरामीहरुलाई बिस्तारै मृगौलाको समस्या देखिने गरेको पाइन्छ । शरीरको महत्वपूर्ण अङ्ग अन्तर्गतको किड्नी खराब भएको अग्रिम जानकारी नहुने वा कुनै लक्षण नदेखिने भएकै कारण अधिकांश व्यक्तिहरु उक्त अङ्ग बिग्रीएर अन्तिम अवस्थामा पुगेपछि मात्र जानकारी पाउने र नियमित परीक्षण गर्ने बानी नभएकै कारण पनि नेपालीहरु दीर्घकालिन मृगौला रोगका सिकार हुने गरेका छन् । ’ उनका अनुसार व्यक्तिले महत्वपूर्ण अङ्गहरु सुरक्षित राख्नकालागि शरीरमा हुने चिनीको मात्रालाई नियन्त्रणमा राख्नु र प्रत्येक तीन महिनामा शरीरमा हुने चिनीको मात्रा र मृगौलाको परीक्षण नियमित गराउन आवश्यक छ । सो शिविरबाट धरानबासीहरुलाई प्रत्यक्ष फाइदा पुगेको कार्यक्रम संयोजक काजल झाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्