पिछडिएका वर्गका लागि नीति निर्माण गर्नु पर्छ: गृह राज्यमन्त्री

<span class='c1'>पिछडिएका वर्गका लागि नीति निर्माण</span> <span class='c2'>गर्नु पर्छ: गृह राज्यमन्त्री</span>

विराटनगर, २९ माघ । गृह राज्यमन्त्री भिमराज राजवंशी (चौधरी)ले आदिम कालदेखि नेपालमा बसोबास गर्दै आएका राजवंशी, ऋषिदेव, उराँव, मुण्डा, चमारलगायतका पिछडिएका समुदायलाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । आइतवार मोरङको झोराहाटमा कर्माधर्मा मुल समारोह समिति र नेपाल आदिवासी जनजाती महासंघ गाँउ समन्वय परिषदले उनको स्वागत सम्मानमा अयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्वागत कार्यक्रममा उनले पिछडिएका ति वर्ग तथा समुदायहरुमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सेवासुविधाको स्तर न्युन रहेको भन्दै यसमा सबैलाई सहभागी गराउन राज्यस्तरको नीति नै निर्माण गरिनु पर्ने बिचार राखे । कर्माधर्मा मुल समारोह समितिका अध्यक्ष राजेन्द्रलाल उराँवको सभापतित्वमा आयोजना गरिएको स्वागत कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका जिल्ला समन्वय परिषद मोरङका सदस्य सोमरा उराँव, समाजसेवी दुर्गालाल मुडियारी, फोरम लोकतान्त्रिकका क्षेत्र नं६का सभापति त्रिलोक चन्द सरदारलगायतको उपस्थिति रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्