सोलुखुम्बु, मङ्सिर ११ – सोलुखुम्बुमा लडेर एकजनाको ज्यान गएको छ । सोलुदूधकुण्ड नगरपालिका–५ ज्याङदिङका ६२ वर्षका दावा तामाङको आइतबार राति लडेर ज्यान गएको हो ।
तामाङको आइतबार जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कने क्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेर ज्यान गएको हो ।मतदान गर्नकै लागि सदरमुकाम आएका तामाङ मतदान पश्चात सदरमुकाम मै बसेर राति बाहिर निस्कँदा लडेको हुन सक्ने प्रहरीको अनुमान छ । तमाङलाई सोमबार बिहान ८ बजे स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।