भोजपुरमा मतपेटिकालाई लक्षित गरी बम विष्फोट

<span class='c1'>भोजपुरमा मतपेटिकालाई लक्षित</span> <span class='c2'>गरी बम विष्फोट</span>

भोजपुर, ११ मंसिर –आज भोजपुरमा मतपेटिकालाई लक्षित गरी बम विष्फोट गरिएको छ । हिजो सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावका मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा बम विष्फोट गराइएको हो ।जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकाको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो । बम विष्फोटबाट कुनै पनि क्षति नभएको र थप सुरक्षाका साथ मतपेटिका ल्याउने क्रम जारी रहेको थारुले जानकारी दिनुभयो । हालसम्म १ सयभन्दा बढी मतदान केन्द्रका मेतपेटिका सदरमुकाम ल्याइसकिएको छ । साल्पासिलिछो र आमचोक गाउँपालिकाको मतपेटिका बेलुकीसम्म ल्याइसकिने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्