बिर्तामोडमा सुमो दुर्घटनामा ६ जना घाईते

<span class='c1'>बिर्तामोडमा सुमो दुर्घटनामा</span> <span class='c2'>६ जना घाईते</span>

झापा, मंसिर १२ गते। झापाको बिर्तामोड नगरपालिका ५ स्थित मुक्ति चौमा सोमवार राती टाटा सुमो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज १९६४ नम्बरको टाटा सुमो गाडी आँफै अनियन्त्रित भई राती साढे ८ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा परी सुमोका चालक इलाम कोलबुङ गाउँपालिका ९ बस्ने अरुण तामाङ, इलाम चमैता ९ बस्ने २३ बर्षिय बीरेन्द्र दियाली, मकवानपुर १ हेटौडा बस्ने २९ बर्षिय सरोज श्रेष्ठ, झापा बुद्धशान्ति गाउँपालिका १ बस्ने ३० बर्षिया भीमा गहतराज, निजको १३ बर्षिया छोरी खुशी गहतराज र झापा बुद्धशान्ती गाँपालिका १ बस्ने ३५ बर्षिया सबिता राई घाईते भएका छन्।

घाईते ६ जना कै बिर्तामोडस्थित बि.एण्ड.सी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। गाडीलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालकलाई प्रहरीको निगरानीमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्