। पहिलो चरणमा २०७४ मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन् ।
अब बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, कूल २ हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ स्थल गरी जम्मा ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाममा संकलन हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
छ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदल मार्ग, सडक मार्ग र हवाई मार्गबाट ल्याउने काम भइरहेको छ ।