झापाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

<span class='c1'>झापाबाट ब्राउन सुगरसहित</span> <span class='c2'>एक युवक पक्राउ</span>

झापा, मंसिर १३ गते। झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार कार्यालयको मुलगेटबाट प्रहरीले मंगलबार राती लागूऔषध ब्राउनसुगरसहिर एक युवकलाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका ६ बस्ने २६ बर्षिय राहुल प्रधानलाई १ ग्राम ५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो।

प्रधानलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अबस्थामा चेकजाँच गर्ने क्रममा हातको मुठ्ठीमा लुकाएर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध फेलापारी बरामद गरेको हो।

पक्राउ परेका उनलाई काँकडभिट्टामा राखी आवश्यक अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्