धरानबाट लागूऔषध र पटकासहित २ पक्राउ

<span class='c1'>धरानबाट लागूऔषध र</span> <span class='c2'>पटकासहित २ पक्राउ</span>

सुनसरी, मंसिर १५ , सुनरीको धरान उप-महानगरपालिका ७ स्थित पानबारी बस स्टेन बस्ने २ जनालाई प्रहरीले बिहीबार लागूऔषध र पटकासहित नियन्त्रणमा लिईएको छ। बस स्टेनस्थित बद्री शाहीको घर कोठा भाडामा लिएर बस्दै आईरहेका सोही ठाउँको ४१ बर्षिय किशन श्रेष्ठ र २९ बर्षिय केवल कार्कीलाई पक्राउ गरेको हो ।

बिशेष सुराकीको आधारमा संघिय प्रहरी ईकाई कार्यालय र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले श्रेष्ठ बस्दै आईरहेको कोठाबाट लागूऔषध डाईलेक्स १५ बोतल, नगद नेपाली १ लाख १३ हजार ६ सय ६५ रुपैँया, भारु २ सय, मोबायल २ थान त्यस्तै बिभिन्न पटकाहरू ५ थान रकेट बम, १२ थान चक्लेट बम, ४ थान आलु बम, ७ थान चक्रबम ,२ थान सिवकारणी बम समेत फेला पारी बरामद गरिएको छ।

पक्राउ परेका उनीहरुला इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्