चुनावी प्रचारका क्रममा टाँसेका पोस्टर तथा पम्प्लेट हटाउन शुरु

<span class='c1'>चुनावी प्रचारका क्रममा टाँसेका पोस्टर</span> <span class='c2'>तथा पम्प्लेट हटाउन शुरु</span>

संखुवासभा । गत मंसिर १० गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले चुनावी प्रचारका क्रममा टाँसेका पोस्टर तथा पम्प्लेट हटाउन शुरु गरिएको छ ।

विभिन्न दलका उम्मेदवारले भोट माग्न गरेका अपिल र दलका घोषणापत्र घरका भित्ता, गल्ली र चोकमा यत्रतत्र टाँसेका थिए । शुक्रबारदेखि सदरमुकाम खाँदबारी आसपासका बजारमा भोट माग्न टाँस गरिएका पोस्टर, पम्प्लेट, पर्चा र ब्यानर हटाउन शुरु गरिएको छ ।

नेपाली  कांग्रेस संखुवासभा र तिनका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघका जिल्ला कार्यसमितिका पदाधिकारी तथा कार्यकर्तालगायतले प्रचार सामग्री हटाउन शुरु गरेका हुन् ।

यसअघि नै निर्वाचन आचारसंहितामा उम्मेदवारका चुनाव प्रचारका सामग्री निर्वाचन सम्पन्न भएपछि हटाउने भन्ने निर्णयअनुसार गरिएको कांग्रेस पार्टी कार्यालय सचिव उमेश श्रेष्ठले बताए । अरु दलले पनि चुनाव प्रचारका सामग्री हटाउन थालेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्