ईटहरीबाट लागूऔषधसहित २ पक्राउ

<span class='c1'>ईटहरीबाट लागूऔषधसहित</span> <span class='c2'>२ पक्राउ</span>

सुनसरी, मंसिर १९।इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले सोमबार साँझ लागूऔषधसहित २ जनालाइ पक्राउ गरेको छ।

सुनसरीको ईटहरी उप-महानगरपालिका ५ स्थित कलंकी चौकबाट लागूऔषधसहित हेटौडा नगरपालिका १ मकवानपुर बस्ने २५ बर्षिय धनराज रुम्बा र धनकुटा शहीदभुमी २ हिले ३१ बर्षिय दिपक राईलाई पक्राउ गरेको हो।

साँझ ६ बजे उनीहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा शरिरमा लुकाई छिपाई ल्याउँदै गरेको अबस्थामा लागूऔषध लुपिजेसिक, एभिल, डाइजेल्याव र फेनारगन सहित जम्मा ५ सय ३२ एम्पुल फेलापारी बरामद गरेको हो।

बरामद लागूऔषधसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्