धरानमा तोकिएको मतदान केन्द्र मै बम विस्फोट

<span class='c1'>धरानमा तोकिएको मतदान केन्द्र</span> <span class='c2'>मै बम विस्फोट</span>

धरान, मङ्सिर १९ /धरान उपमहानगरपालिका २० स्थित ज्वालामुखी माध्यामिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट भएको छ । मंगलबार दुई अज्ञात व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट गराई फरार रहेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

धरान–चतरा सडकखण्डको चारकोसे जङ्गल नजिकैको पटनाली मतदान केन्द्रमा बम विस्फोटपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बम विस्फोटबाट कुनै पनि क्षति नभएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए।

डीएसपी पौडेलले स्थानीयवासीको भनाइ उद्धृत गर्दै बम विस्फोट गराउने समूह चारकोसे जङगल भागेको जानकारी आएको बताए । प्रहरीले बम विस्फोटमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्