जेसीज महाकुभ्ममा ईटहरीका महेशको राष्ट्रीय अध्यक्षमा उम्मेदवारी

<span class='c1'>जेसीज महाकुभ्ममा ईटहरीका महेशको राष्ट्रीय अध्यक्षमा उम्मेदवारी</span> <span class='c2'></span>

नेपाल जेसीज वर्ष २०१८ को नेतृत्व चयन लगायतको कार्यक्रमको महाकुभ्भ यसपटक लुम्विनीको आगन सिदार्थनगरमा यही पौष ८ देखि १० गते सम्म हुन गैरहेको छ।सो कार्यक्रमको उदघाटन पुर्व प्रम पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने हुनुभएको छ।

सो महाकुम्भले वर्ष २०१८ का लागी राष्ट्रीय नेतृत्व चयन गर्ने भएकोमा यसपटक ईटहरी वाट महेश पौडेलले उम्मेदवारीदिएका छन। ईटहरी जेसीजका भुतपुर्व अध्यक्ष पौडेल राष्ट्रीय उपाध्यक्ष-२०१३ तथा राष्ट्रीय का. का. उपाध्यक्ष सन २०१६ माभएका थिए। साथै उनी लायन्स क्लव अफ ईटहरी सिटीका संस्थापक अध्यक्ष समेत रहेका छन । युवा व्यवसायी पौडेलविभिन्न सामाजीक कार्यहरुमा संलग्न रहि ईटहरी लगायत देश भरिकै जेसिज माझ अत्यन्तै लोकप्रिय रहेका छन। उनलेशाखा अध्यक्ष हुदा आफ्नो कार्यकालमा सर्वोच्च शिखर सगरमाथामा जेसीआई र जेसीज नेपालको झण्डा फहराएका थिए ।उनको प्रतिष्पर्धीको रुपमा रामग्राम जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१७ का राष्ट्रीय का. का. उपाध्यक्ष श्रीधर वस्यालरहेका छन। “ एक वर्ष , एक व्यक्ति एक पद” को अवधारणामा चल्ने जेसीजले प्रजातान्त्रीक अभ्यास मार्फत नेतृत्व चयन गर्ने गरेकोजानकारी पौडेल आवर विराटनगरलाई गराएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्