सिरहास्थित जिल्ला मालपोत कार्यालयमा बम विस्फोट

<span class='c1'>सिरहास्थित जिल्ला मालपोत</span> <span class='c2'>कार्यालयमा बम विस्फोट</span>

लहान (रासस) । सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा शुक्रबार दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए ।

बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताए । मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम आज दिउँसो अचानक विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसासमेत फुटेका छन् । बम कसले र किन विस्फोट गराएको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्