बेलबारीमा आगालगीबाट २ लाख बराबरको क्षति

<span class='c1'>बेलबारीमा आगालगीबाट २</span> <span class='c2'>लाख बराबरको क्षति</span>

मोरङ, पौष १० गते। बेलबारी नगरपालिका-९ स्थित सवापुर बस्ने चन्द्र बहादुर राईको १ तले गोठमा आइतबार आगलागी भएको छ।

बेलुका ८;४० बजे अचानक लागेको आगोले उनको काठपात तथा अन्न समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जानएको छ। यता सुनसरीको हारीनगरा गाउँपालिका-२ भुटाहा बस्ने ताहिर सिद्दिकीको गाई गोठमा समेत आगलागी भएको छ।

राती १;३० बजे गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले उनको १ वटा गाईको जलेर मृत्यु भएको छ। आगलागीको थप विवरण आउन बाँकी रहेको प्रहरी चौकी भुटाहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्