काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । सोमबार रातिदेखि नै कार्यान्वयनमा आउनेगरी निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टिटेल, ग्यास सिलिण्डर र हवाई इन्धनको भाउ बढाएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा एक रुपैयाँ, ग्यासमा २५ र हवाई इन्धनमा लिटरमा ३ रुपैयाँ बढाइएको छ ।