उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा वृद्धि

<span class='c1'>उदयपुर सिमेन्ट उद्योगको</span> <span class='c2'>उत्पादनमा वृद्धि</span>

गाईघाट, रासस । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।

उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पुर्याइएको हो ।

विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको र उद्योगमा पछिल्लो समयमा ६५० मेट्रिक टनले उत्पादनमा वृद्धि गरिएको तर अहिले चौबिसै घण्टा उद्योग सञ्चालन गरेर प्रतिदिन ७०० मेट्रिक टनले सिमेन्ट वृद्धि गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडलले बताए ।
सिमेन्टको मूल्य वृद्धि भएसँगै झनै बजारमा गैँडाछाप सिमेन्टको माग बढ्दै जान थालेपछि उत्पादनमा पनि व्यापक रुपमा नै वृद्धि गर्दै लगेको उद्योग प्रशासनले बताएको छ । यस वर्ष सिमेन्ट उत्पादनमा उद्योगले झण्डै २५ करोडभन्दा बढी सिमेन्ट बिक्रीबाट आम्दानीसमेत गरेको उद्योग प्रशासनले बताएको छ । उदयपुर सिमेन्ट उद्योगको प्रतिदिन सिमेन्ट उत्पादन गर्ने क्षमता झण्डै ८०० मेट्रिक टनसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्