भोजपुरमा प्रहरी माथि हातपात गर्ने तीन जनालाई सार्वजनिक मुद्दा

<span class='c1'>भोजपुरमा प्रहरी माथि हातपात गर्ने</span> <span class='c2'>तीन जनालाई सार्वजनिक मुद्दा</span>

भोजपुर (रासस) । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।

भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो ।

मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनाइ छ । हातपातका कारण सई गणेशनारायण श्रेष्ठको बर्दीसमेत च्यातिएको प्रहरीले जनाएको छ ।

गत पुस २७ गते काठ तस्करी भइरहेको भन्ने सूचनाको आधारमा गस्ती गर्न गएको प्रहरी माथि उनीहरुले हातपात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्