युवाको अनुभब : मेहनत गरे बिदेशमा भन्दा नेपाल मै धेरै कमाउन सकिने

<span class='c1'>युवाको अनुभब : मेहनत गरे बिदेशमा</span> <span class='c2'>भन्दा नेपाल मै धेरै कमाउन सकिने</span>

गाईघाट, उदयपुर, २ माघ  । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ ।

यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् ।

२०५५ सालमा आफ्ना बुबा मेखबहादुर कटुवाल तत्कालीन माओवादी जनयुद्धमा लागेको र २०५६ सालदेखि नै बुबा अहिलेसम्म पनि बेपत्ता भएको र घरको आर्थिक अवस्था कमजोर बनेका कारण आफू २०६६ सालमा १९ वर्षका उमेरमा नै मलेसिया गएको स्वयं विष्णु बताउँछन् ।

मलेसियामा ३३ महिना एक सुपरमार्केटमा सेल्समेनको काममा लागेको र दैनिक १८ घण्टा काम गर्दा पनि राम्रो तलब नपाएपछि आफू कम्पनी छाडेर अवैधानिक १३ महिना बसेको र सो समयमा धेरै दुःख पाउनु परेको कटुवाल बताउँछन् ।

बल्ल साहुको विदेश गएको रु डेढलाख ऋण तिरेर बाँकी रु ३० हजार लिएर स्वदेश फर्केपछि गाउँमा नै केही पेशा गरौँ भनेर २०७० सालदेखि रु एक लाख ऋणको लगानीबाट कुखुरापालन शुरु गरेका र अहिले रु १८ लाखभन्दा बढीको चारवटा कुखुरा फारम सञ्चालन गर्दै आएको कटुवाल बताउँछन् ।

अहिले आफ्ना चारवटा कुखुरा फारममा पाँच हजारसम्म कुखुरा रहेको र दैनिक आम्दानी रु १०/१५ हजार हुँदै आएको कटुवालको दाबी छ ।

कटुवाल भन्छन्, “मलेसिया बस्दा धरानको एकजना साथीसँग त्यहाँको दैनिक दुःख सहनु परेपछि स्वदेशमा नै गएर दुःख गर्ने प्रण गरेर नै दुवै फर्केपछि अहिले धरानको साथीले समेत ठूलो कुखुरा फारम सञ्चालन गर्दै आएको र आफू पनि अबको चार वर्षभित्र उदयपुर जिल्लाकै एक नम्बर ठूलो कुखुरा फारम उद्यमी बन्ने लक्ष्य छ ।” अबको चार वर्षपछि वार्षिक करोडको कुखुरा बिक्री गर्ने लक्ष रहेकोसमेत कटुवाल बताउँछन् ।

अहिले आफू चारपाँच लाख ऋणमा रहेपनि रु २० लाख बराबरको पूँजीको विकास गरिसकेको दाबीसमेत कटुवालको रहेको छ । यही क्रममा आफ्नो दिनानुदिन व्यवसाय बढ्दै गए आफू सजिलै करोडपति बन्ने दाबीसमेत कटुवालले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्