पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यलयमा तालाबन्दी, धनकुटालाई राजधानी बनाउनुपर्ने माग

<span class='c1'>पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यलयमा तालाबन्दी,</span> <span class='c2'>धनकुटालाई राजधानी बनाउनुपर्ने माग</span>

धनकुटा, माघ ३ गते । प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन धनकुटामा तालाबन्दी गर्न गएको टोलीबीच घम्साघम्सी भएको छ ।

बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रममा झडप भएको हो ।

प्रदेशसभाका सांसदद्वय नीरन राई र इन्द्रमणि पराजुलीको नेतृत्वमा प्रशासन तालाबन्दी गर्न गएको टोली झडप भएको थियो ।

क्षेत्रीय प्रशासन कार्यालयको मूलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालय परिसरमा पुगेपछि क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहविरुद्ध नाराबाजी गरेका थिए । क्षेत्रीय प्रशासक उपस्थिति नभए पनि कार्यालयमा तालाबन्दी गरिएको आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

आमहडतालले धनकुटाका बजार, शिक्षण संस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द रहेका छन् । कोशी राजमार्गमा यातायात ठप्प छ । एक्कासि आन्दोलनकारीले आमहडताल घोषणा गरेपछि बिहान कोशी राजमार्ग हुँदै संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका जिल्लातर्फ हिँडेका सयौँ सवारी साधन भेडेटार, मूलघाट, हिले, संधुवालगायतका स्थानमा सवारी साधन रोकिएका कारण यात्रु अलपत्र परेका छन् ।

विगत एक महिनादेखि भएको राजधानी आन्दोलन अनिश्चितकालीन आमहडतालले कोशी पहाडको जनजीवन प्रभावित हुँदै गएको छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधबार बिहान मोटरसाइकल तोडफोड गरेका छन् ।

संखुवासभाको सभापोखरीबाट धरानतर्फ जाँदै गरेको चन्द्र राईको को२६प ५६११ नंको पल्सर बाइक आन्दोलनकारीले कोशी राजमार्गको आत्माराको सडकखण्डमा तोडफोड गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्