झापामा एक जनाले १५ दिनकी सुत्केरी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडकाअनुसार झापा अर्जुनधारा नगरपालिका १ का २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
शनिबार घरयासी बिवादमा १५ दिनकी सुत्केरी श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले गहतराजलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका गहतराजलाई प्रहरी हिरासतमा राखि आवश्यक कारवाही अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।