रंगेली नगरपालीकाको बजेट ५३ कराेड ६८ लाख सार्वजनिक

<span class='c1'>रंगेली नगरपालीकाको बजेट ५३</span> <span class='c2'>कराेड ६८ लाख सार्वजनिक</span>

रंगेली नगरपालीकाले अार्थिक बर्षकाे प्रथम नगरसभा बाट पारित नीती,कार्यक्रम तथा बजेट सार्वजनक गरेको छ । नगरसभाले कुल ५४ करोड रुपैया वराबरको योजनामा बजेट ल्याएको छ । शनिबार एक कार्यक्रम विच साे बजेट सार्वजनिक गरेको हो ।कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डल प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी र नगरपालिका का मेयर दिलीप वगडीयाले संयुक्त रुपमा योजना पुस्तीका सार्वजनिक गरी बजेट सार्वजनिक गरीएको थियो ।

नगरसभाले आर्थिक वर्ष २०७४÷७५ का लागी ५३ करोड ७८ लाखको योजना ल्याइएको नगरपालीकाका अधिकृत लक्ष्मी प्रसाद रेग्मीले बताए ।स्थानीय समस्याहरुलाई आधार बनाएर जनसहभागीता मुलक योजनालाई बजेटले जोड दिएको छ । बजेटले नगरक्षेत्रको भौतिक पुर्वाधार विकास संगै आर्थिक, सामाजिक, शैक्षिक, कृषि, स्वास्थ्य, वातावरण, मठमन्दिर र लक्षीत वर्गको सशक्तिकरण लाई प्रमुख प्राथमितामा राखेर नगरस्तरीय कार्यलाई जोड दिएको छ ।

नगरसभाले भौतिक पुर्वाधार विकास कार्यक्रममा ६ करोड रकम विनियोजन गरेको छ। भने प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनका लागी ४ करोड ७४ लाख रुपैया बजेट छुट्याएको छ । समपुरक कोषमा २ करोड १७ लाख ५० हजार रुपैया राखीएको छ । नगरसभाले प्रत्येक वार्डहरुमा ७०÷७० लाख रुपैया योजना बनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्