ट्यूब चढेर नदी तर्नेक्रममा खोटाङ एक बालकको ज्यान गयो

<span class='c1'>ट्यूब चढेर नदी तर्नेक्रममा खोटाङ</span> <span class='c2'>एक बालकको ज्यान गयो</span>

खोटाङ, माघ ७ – ट्यूब चढेर नदी तर्नेक्रममा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका रुद्र राईका १४ वर्षे छोरा किरण राईको शव १० दिनपछि फेला परेको छ ।

दूधकोशी र सुनकोशीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूब चढेर नदी तर्नेक्रममा पुस २७ गते बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका १४ वर्षीय छोरा किरण राईको शव छिमेकी वडा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको राईघाट नजिक कुमालटार जाने बाटोमा फेला परेको हो ।

शनिबार शव भेटाएपछि शव दाहसंस्कार गरिसकेको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । कक्षा ९ मा अध्ययनरत बालक नदीकोबिचमा पुगेपछि ट्यूबबाट पल्टिएर बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्