भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

<span class='c1'>भोजपुरका १३९ भूकम्पपीडितले</span> <span class='c2'>पाए काठ</span>

भोजपुर, माघ १० गते । जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन कार्यालयका वन अधिकृत रामबाबु शाहले जानकारी दिनुभयो ।

निर्देशिकाअनुसार सामुदायिक र निजी वनमार्फत पीडितलाई काठ दिएको कार्यालयको भनाइ छ । भूकम्पपीडितले जिल्ला वन तथा आफ्नो क्षेत्रको सामुदायिक वनमा निवेदन दिएर ५० क्युफिटसम्म काठ ९० प्रतिशत सहुलियतमा पाउने जिल्ला वन कार्यालयको भनाइ छ । सहुलियतमा काठ लिनका लागि १६५ जनाको निवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्