झापामा गाडीको ठक्करबाट महिलाको मृत्यु

<span class='c1'>झापामा गाडीको ठक्करबाट</span> <span class='c2'>महिलाको मृत्यु</span>

झापा, माघ ११ गते।

झापाको कमल गाउँपालिका-५ पाडाजुँगी चोकमा बुधबार टाटा सुमको ठक्करबाट नाम थर वतन खुल्न नसकेकी एक महिलाको ज्यान गएको छ।

अन्दाजी ६० बर्षिया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको बेलुका ९ बजेतिर ठक्कर दिएको थियो।ठक्करबाट गम्भिर घाइरते उनको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ९;५५ मृत्य भएको हो।

ठक्कर दिने सुमको चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन भने मृतकको पहिचान गर्ने कार्य भइरहेको उक्त कार्यालयले जानएइको छ। यता मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित भित्रि सडक खण्डमा को २५ प ३१४५ नम्बरको स्कुटर अनियन्त्रत भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँका २३ बर्षिय सुनिल थापा र पछाडी सवार सोही ठाउँका २२ बर्षिय संजिप उराव घाइते भएका छन्।

घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी चौकी विराटचोकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्