सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा सञ्चालन

<span class='c1'>सुनसरीमा एक साथ १५५</span> <span class='c2'>वटा साक्षरता कक्षा सञ्चालन</span>

इनरुवा । सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो ।

जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अनौपचारिक शिक्षाअन्तर्गत साक्षरता कक्षा तथा निरन्तर सिकाइ कक्षा शुरु भएको सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका, इटहरी र धरान उपमहानगरपालिका, बर्जु, गढी, हरिनगरा, भोक्राहा, कोशी तथा देवानगन्ज गाउँपालिकाका विभिन्न वडामा गरी १५५ स्थानमा निरन्तर सिकाइ कक्षा सञ्चालन भएको सुवेदीले बताए । कक्षामा सहभागी हुने तथा कक्षा लिनका लागि आउनेलाई स्टेशनरी, पाठ्यपुतकसहितका शैक्षिक सामग्री वितरण गरेर कक्षा सञ्चालन गरेको हो ।

विभिन्न ठाउँमा २१ ओटा सामुदायिक सिकाइ केन्द्रमार्फत कक्षा आयोजना गरेको जिल्ला शिक्षा कार्यालय, सुनसरीले जनाएको छ । सुवेदीका अनुसार एउटा कक्षामा २० जनाका दरले जम्मा तीन हजार १०० भन्दा बढी मानिस सहभागी भएर साक्षर बन्नेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्