काठमाडौंबाट झापा जाँदै गरेको जीप दुर्घटना हुदा मोरङका तीन सहित ६ जनाको मृत्यु

<span class='c1'>काठमाडौंबाट झापा जाँदै गरेको जीप दुर्घटना हुदा</span> <span class='c2'>मोरङका तीन सहित ६ जनाको मृत्यु</span>

काठमाडौं । धनुषामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको जीप शनिबार बिहान धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ कमलापुलनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा मोरङकी शारदा रेग्मी दाहाल र पह्लाद न्यौपाने, खेमकुमार रानामगर, संखुवासभाका नयाँराज जिमी, खोटाङका ज्ञानबहादुर चौहान र पाँचथरकी प्रनिता राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्