धरानमा अचम्मकी बाच्छी जन्मेपछि पूजा गर्नेहरुको घुँइचो लाग्यो

<span class='c1'>धरानमा अचम्मकी बाच्छी जन्मेपछि</span> <span class='c2'>पूजा गर्नेहरुको घुँइचो लाग्यो</span>

 सन्तोष काफ्ले
धरान  । सामान्यतया गाईले एउटा वाछो त्यसमा पनि एउछा टाउको तथा एउटा मुख र आँखा भएको बाच्छा बाच्छीको जन्म दिन्छ । तर धरानको विजयपुरमा भने गाईले अनौठो वाच्छीलाई जन्म दिएको छ ।धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले विज्ञानलाई चुनौती दिदै अनौठो खालको वाच्छीको जन्म दिएको हो । शरीर एउटै भएको तर दुइवटा मुख भएको र ३ वटा आँखा भएको अनौठो प्रकारको वाच्छी जन्मिएको छ । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाईले यस्तो वाच्छीको जन्मदिए पछि इन्द्र कटुवाल आफै आश्चर्यममा परेका छन् ।

टाउको र शरीर एउटै भए पनि दुईवटा मुख र ३ वटा आँखा भएको बाच्छी हेर्नका लागि कटुवालको घरमा भिडनै लागेको छ । विजयपुर धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि भगवान वाच्छीको रुपमा आउनु भएको भन्दै स्थानीयवासी दर्शनका लागि आएको स्थानीय प्रेमप्रसाद पराजुली वताउनु हुन्छ ।

शिवजीका जस्तै वाच्छीको समेत त्रिनेत्र भएकोले शिव भगवानकोरुपमा जन्म भएको विश्वासका साथ स्थानीयवासीले बाच्छीको पूजा गरिरहेका छन् ।धार्मिक आस्थाका कारण भगवानको रुप भन्दै पूजा अर्चना गरे पनि यस्तो अनौठो बाच्छीको कसरी जन्म भयो त्यो भन्ने बारेमा वैज्ञानिक अनुसन्धान हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्