धरानवासीले अब घरपालुवा कुकुरको पनि दर्ता गर्नु पर्ने

<span class='c1'>धरानवासीले अब घरपालुवा कुकुरको</span> <span class='c2'>पनि दर्ता गर्नु पर्ने</span>

सुनसरी। धरानवासीले अब घरपालुवा कुकुरको पनि दर्ता गर्नु पर्ने भएको छ । नगरकार्यपालिकाले घरेलु कुकुरको दर्ता गर्ने र भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने निर्णय गरेको हो । उपमहानगरको समाजिक विकास शाखाका प्रमुख गणेश खतिवडाका अनुसार अब धरानका हरेक घरपालुवा कुकुर दर्ता गरिनेछ ।

२ हजार शुल्कमा दर्ता गरेपछि कुकुरले परिचय नम्बर पाउनेछ । साथै कुकुुरको घाँटीमा बेल्ट र छालामा कतै चिप्समा जिपिएस जडान गरिने खतिवडाले बताए ।

दर्ता भएका कुकुरहरुलाई विभिन्न रोगका खोप पनि उपमहानगरले नै लगाइदिनेछ । धरानका घरपालुवा कुकुरको लगत राख्न, स्वास्थ्य सुधारका कार्यक्रम ल्याउन र कुन कुकुर कसको हो भन्ने प्रस्ट गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरले बताएको छ ।

उपमहानगरको समाजिक विकास शाखाका प्रमुख खतिवडाले भने, ‘अहिले चिप्स आइसकेको छैन । फागुनसम्ममा चिप्स ल्याएर यो काम सूचारु हुन्छ ।’

भुस्याहा कुकुरहरुको भने फागुनबाटै बन्ध्याकरण गरिनेछ । यस्ता कुकुरलाई ‘सामुदायिक’ कुकुर भनिएको छ र पोखराको हार्ट नेपाल मिलेर बन्ध्याकरण गर्न लागिएको हो ।

धरानमा करिव १० हजार घरपालुवा र ५ हजार ‘सामुदायिक’ कुकुर रहेको उपमहागरको अनुमान छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्