धरानमा लागूऔषधसहित एक पक्राउ

<span class='c1'>धरानमा लागूऔषधसहित</span> <span class='c2'>एक पक्राउ</span>

उदयपुर, माघ १६ गते।सुनसरीको धरान स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटएको प्रहरीको टोलीले सोमबार लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान-३ बस्ने २९ बर्षिय उमेश श्रेष्ठ रहेका छन्। उनलाई प्रहरीले बेलुका ८ बजेतिर चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट दुबै तिघ्रामा टेपले बेरेको अवस्थामा डाईजेल्याप-४६ एम्पुल, लुपिजेसिक-४६ एम्पुल, एभिल-४६ एम्पुल,गरी जम्मा १३८ एम्पुल लागूऔषध बरामद गरेको छ।

साथै उनी संगै रहेका धरान ७ बस्ने ३५ बर्षिय सुरेस श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्