इटहरीको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख फाँटबाट हटाइए

<span class='c1'>इटहरीको सिएफएल खरिद प्रकरणमा मुछिएका</span> <span class='c2'>लेखा शाखा प्रमुख फाँटबाट हटाइए</span>

इटहरी । इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका छन ।

मेयर द्वारिकलाल चौधरीले धेरै आलोचना र दोष लेखा शाखामा देखिएको भन्दै शाखा प्रमुख हटाइएको बताए ।

दशक बढी समयसम्म लेखा शाखामा रहेका चौधरी यस अगाडिका विभिन्न खरिद प्रकरणमा पनि विवादमा आएका थिए । सिफएल खरिदमा अनियमतिता भएको खबर सार्वजनिक भएपछि भने उनलाई हटाउन उपमहानगर गेटमा प्रदर्शन नै भएको थियो ।

इटहरी उपमहानगरका मेयर चौधरी र उपमेयर लक्ष्मी गौतमले भने लेखाशाखा प्रमुख चौधरीलगायत दोषी फाँटका कर्मचारीलाई कारवाही गर्न नमिल्ने बताउँदै आएका थिए । सिएफएल प्रकरण अख्तियारमा गइसकेकाले त्यसमा आफ्नो कुनैपनि कारवाही नहुने तर्क गर्दै आएका थिए ।

सिएफएल प्रकरणमा मुछिएका दोषीलाई सडकमै कारबाहीको माग भएपछि भने नगरकार्यपालिकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टिकरण सोधिएको समय सकिएपछि पनि कर्मचारीहरुले लिखित स्पष्टिकरण नदिएको मेयर चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्