सुनसरी, माघ १७ गते।
सुनसरीको गढी गाउँपालिका-६ स्थित नहरमा डुबेर मंगलबार बालकको मृत्यु भएको छ।
घर नजिकै रहको नहरमा खस्दा डुबेर स्थानीय देव कुमार मण्डलको तीन वर्षका छोरा अंकित मण्डलको मृत्यु भएको हो।
साँझ ५ बजेतिर नहरको डिलमा खेल्दै गर्दा मण्डल अचानक नहरमा खसेको र उनलाई उद्दार गरी ईनरुवा अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।