सुनसरी २२ माघ । बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ । इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भूमिकामा माझी आफैं रहेका बेला बलात्कारको मिलापत्र भएको थियो ।