पाँचथरमा नाबालिका बलात्कारको आरोपमा युवक पक्राउ

<span class='c1'>पाँचथरमा नाबालिका बलात्कारको</span> <span class='c2'>आरोपमा युवक पक्राउ</span>

पाँचथर,  २६ माघ। ९ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३ का एक युवक पक्राउ परेका छन् ।
बलात्कार आरोपमा १८ बर्षीय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो ।  लिम्बूले गएको शनिबार नाबालिकालाई बलात्कार गरेका थिए । नाबालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण पछि उपचार गरिएको छ ।  ओरोपि लिम्बूमाथि म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्