भोजपुरका सर्वसाधारणले पाए गाउँमै नागरिकता

<span class='c1'>भोजपुरका सर्वसाधारणले पाए</span> <span class='c2'>गाउँमै नागरिकता</span>

भोजपुर, माघ २८ गते । भोजपुर पौवादुङमा गाउँपालिकाको सानोदुम्माका सर्वसाधारणले गाउँबाटै नागरिकता प्राप्त गरेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अगुवाइमा शनिबार सञ्चालन गरिएको एकदिने एकीकृत घुम्ती शिविरबाट सर्वसाधारणले नागरिकता लगायतका विभिन्न सेवा सुविधा गाउँबाटै प्राप्त गरेका हुन् ।

सो शिविरबाट ८५ जनालाई नागरिकता वितरण, तीन जनालाई अपाङ्गता परिचयपत्र, जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाबाट १७० जनाको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण लगायतको सेवा प्रवाह गरिएको थियो ।

त्यस्तै जिल्ला भू–संरक्षण, वन, कृषि तर्फबाट एक हजार २०० बिरुवा वितरण गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । राज्यको सेवा जनताको घरदैलोमा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइ तथा अन्य विषयगत कार्यालयको आयोजनामा एकदिने शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविरबाट यहाँका स्थानीय निकै लाभान्वित भएका छन् ।

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्