सुन्दरहरैचामा कारको ठक्करबाट बृद्धको मृत्यु 

<span class='c1'>सुन्दरहरैचामा कारको ठक्करबाट</span> <span class='c2'>बृद्धको मृत्यु </span>

मोरङ, फाल्गुन २ ,पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको सुन्दर-हरैचा नगरपालिका ७ मा मंगलबार साँझ कारको ठक्करबाट सोही नगरपालिका ३ बस्ने ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतिर जादै गरेको बा १८ च २२४० नम्बरको कारले साइकलयात्री सुब्बालाई साँझ ६ बजे सुन्दर-हरैचा-७ विश्वक्रमा मन्दिर नजिकै ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राती ८ बजे मृत्यु भएको हो।

ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई राखेको छ।

यता बेलबारी नगरपालिका ३ मा मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री बेलबारी-५ बस्ने ६५ वर्षीया चन्द्रमाया कार्की घाइते भएकी छिन।

कार्कीलाई साँझ ५ बजेतिर बाटो काट्दै गर्दा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा ४८ प १८८८ नम्बरकको मोटरसाइकलले ठक्कर दिएको हो।

घाईते कार्कीलाई उपचारका लागि नोबेल सामुदायिक अस्पताल बेलबारी लगिएको छ भने ठक्कर दिने मोटरसाइकलका चालक प्रहरीको नियन्त्रणमा रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्