तेह्रथुममा तिम्ल्याहा सन्तान जन्माए, बच्चाहरुको अवस्था गम्भीर

<span class='c1'>तेह्रथुममा तिम्ल्याहा सन्तान जन्माए,</span> <span class='c2'>बच्चाहरुको अवस्था गम्भीर</span>

तेह्रथुम (रासस) । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी मेनुका खनाल कार्कीले तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताए ।

सात महिना १२ दिनमै जन्मिएका तीनवटै बच्चाको तौल कम छ । तौल कम भएका कारण उनीहरुलाई बचाउन मुस्किल हुने उनको भनाइ छ । अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले बताए ।

पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको १.६ केजी रहेको छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुन्छ ।

बच्चा स्वस्थ राख्न इन्कुबेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पुर्याउनु जरुरी हुन्छ । बच्चाहरुलाई जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले रेफर गरिसकेको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए ।

संखुवासभाको मादी स्थायी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएकी कार्कीका यसअघि एउटा पनि सन्तान बचेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्