भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने

<span class='c1'>भोजपुरमा एक अर्बभन्दा बढी लागतमा</span> <span class='c2'>टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने</span>

भोजपुर, फागुन २१ गते । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो ।

रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिनुभयो । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको काम २०७६ साल चैत मसान्तभित्र सम्पन्न गर्ने ढकालको भनाइ छ । यो आयोजना भोजपुरको सबैभन्दा ठूलो रहेको र आयोजना सम्पन्न भएपछि स्थानीयवासीलाई पहिलो प्राथमितामा राखेर विद्युत् वितरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्